पार्टी केन्द्रीय समिति बैठक बहिष्कार गर्दै कांग्रेस वरिष्ठ नेता पौडेल किन गए पाथिभरा दर्शनमा ?



काठमाडौं । आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बहिस्कार गरेको छ । बैठकमा महाधिवेशनको कार्यतालिका सम्बन्धि प्रस्ताव पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।

पार्टीमा विभाग थप्ने लगायत विभिन्न ९ वटा प्रस्ताव प्रस्तुत भएको बैठमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सम्बिन्धि प्रस्ताव पेश हुनुपर्ने माग पौडेल समूहले राख्दै आएको छ । बैठकमा प्रस्तावित एजेण्डाहरुलाई सहमतिमा पारित गर्न आन्तरिक छलफल तिव्र पारिएको र सहमति नजिक नेताहरु पुगेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

वरिष्ठ नेता पौडेल पाथिभारा दर्शनका लागि सपरिवार गएकाले आइतबारको बैठकमा उपस्थित भएनन् । बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा आइतबार सामान्य छलफल भएपनि उपनिर्वाचनको समीक्षामा बैठक केन्द्रित रहेको उनले बताए ।

प्रवक्ता शर्माले बैठकका एजेण्डाहरु पदाधिकारी बैठकमा सहमति भएपछि तय भएको र सबैको सहमतिबाट नै पारित हुने दाबी गरे । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मेवारी निर्वाचन समिति भएको र केन्द्रिय समितिले महाधिवेशनको मिति मात्रै तय गर्ने शर्माले बताए ।

आइतबारको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच शनिबार भएको छलफलका विषयमा ब्रिफिङ गरेका थिए ।

स्थानीय तहहरुको समायोजन पौष महिनाको मध्यसम्म सक्ने निर्वाचन समितिले जानकारी दिएको र त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव देउवाले पौडेललाई राखेको निधिले बैठकमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार

जनतासमक्ष एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ

काठमाडौं ।  नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर

सहुलियतपूर्ण ऋण उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण

‘संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्न कांग्रेसले नेतृत्व लिनुपर्छ’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि