नेपालमा किन प्रयोग हुन्छ डब्लुएचओ मान्यता प्राप्त नभएको औषधी र भ्याक्सिन?



काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन् ।

त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको तापक्रम कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम नगर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए । समितिका सभापति जयपुरी घर्तीले खोपको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन् ।

उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन् । छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोप परीक्षणका लागि नभएको बताएका छन् । उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

  वीरगञ्ज (पर्सा) । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा

जापानिज इन्सेफ्लाइटिसबाट यसवर्ष १४ जनाको मृत्यु, असोज १५ सम्म उच्च जोखिम

काठमाडौँ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा

सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव

  किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित