नेपालमा किन प्रयोग हुन्छ डब्लुएचओ मान्यता प्राप्त नभएको औषधी र भ्याक्सिन?



काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन् ।

त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको तापक्रम कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम नगर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताए । समितिका सभापति जयपुरी घर्तीले खोपको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन् ।

उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन् । छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोप परीक्षणका लागि नभएको बताएका छन् । उनीहरुले अन्य मूलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो !

चितवनमा रक्तदाता घटे, माग बढ्यो

चितवन । रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ ।

निरक्षरमा ‘क्यान्सर’ रोग उच्च

काठमाडौं । नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने