सबै वर्ग र क्षेत्रको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।

‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’

विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।

मार्ग शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उधौली तथा ज्यापू समुदायले योमरी पुन्हिः मनाउँदैछन् । यस अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नुहुँहैन : उपप्रधानमन्त्री श्रेष्ठ

पाटन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा(पूर्णपाठ)

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा

एक घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सोमबार ११ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लाागि स्थगित भएको छ । एमालेलगायत विपक्षी दलको

प्रतिनिधिसभाको बैठक एकघण्टाका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरुको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक