भ्रष्टाचार नियन्त्रणका लागि अन्तरआत्मादेखिनै तयार हुनुपर्छः मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले कार्यालयको भित्तामा भ्रष्टाचार बिरोधी स्लोगन टाँसेर मात्र भ्रष्टाचार उल्मूलन हुन नसक्ने बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले महोत्तरीको बर्दिवासमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि अन्तरआत्मा देखिनै तयार हुन सबैलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले रास्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्ने बताए ।

उनले कर्मचारिले बाटो नबनाएसम्म नेताले भ्रस्टाचार गर्नै नसक्ने दाबी समेत गरे । समाजिक अवस्थाले समेत भ्रष्टाचारलाई प्रोत्साहन गरेको उल्लेख गर्दै राउतले भ्रस्टाचारीलाई तिरस्कार गर्ने वातावरण बनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन

सङ्कल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन आउँदैनः अध्यक्ष ओली

लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि

भोलि मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार बिहीबार मात्र हुने भएको छ । बुधबार साँझ बसेको