सरकार अपराध नियन्त्रण गर्न असफलतातर्फ उन्मूखः अध्यक्ष शर्मा



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष शर्माले नयाँ संविधान बने पनि काम कागजमा सीमित भएको बताएका हुन् ।

नयाँ संविधान अनुकुल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक बिषय भएपनि कार्यान्वयन पक्ष फितलो रहेको उनले बताए । उनले भने, दण्डहीनता बढेको छ, महिला माथिको हिंसा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ यसले के देखाउँछ भने सरकार अपराध नियन्त्रण गर्न असफलतातर्फ उन्मूख छ’ ।

अध्यक्ष शर्माले देश संघात्मक संरचनामा गएपनि सरकार एकात्मक नै रहेको बताए । सरकारको प्रतिबद्धता, नयाँ संविधान र कानुन बलियो हँुदा पनि अवस्थामा परिवर्तन नहँुदा नेपालको मानव अधिकार कागजमामात्र भएको बताए ।

कार्यक्रममा अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन सरकार र राजनीतिक दल नै अनिच्छुक रहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।