केशरबहादुर विष्टको नेतृत्वमा जन्मियो राष्ट्रिय शक्ति



राजनीतिमा नैतिक मूल्यको आफ्नै मानक स्थापित गरेका पुराना राष्ट्रवादी राजनीतिज्ञ हुन् केशरबहादुर विष्ट । पञ्चायतकालको रंगशाला काण्ड प्रकृतिले निम्त्याएको भवितव्य थियो । तर तालुकदार मन्त्रालयको तर्फबाट उक्त प्राकृतिक बिपतको नैतिक जिम्मेवारी आफूले लिदै शिक्षामन्त्रीबाट राजीनामा गर्ने उबेलाका प्रखर ईमानका पर्याय मन्त्री थिए विष्ट ।

राजनीतिमा राष्ट्रवादी धारको नेतृत्व गर्दै आएका र नैतिकताको एउटा विम्व बनेका उनले पञ्चायतको पतनपछि राजनीतिका धेरै फरक फरक बाटो हिंडे । २०४६ को परिवर्तनपछि काँग्रेस पनि बने । २०६३ को परिवर्तनपछि राप्रपा नेपालदेखि सबै गुटका राप्रपा नेता पनि बने । तर कम्युनिष्ट बाहेक सबै राजनीतिक धाराको पानी पिएका उनै विष्ट कुनै पनि दलका स्थायी नेता भने हुन सकेनन् ।

राप्रपा नामका दलले उनलाई पचाएनन् की उनी राप्रपावाला नेता हुने नैतिकवान रहेनन् ? यो बहसको फरक पाटो हो । तथापि राजनीतिका सबै घाटको पानी पिएका उनै पाका नेता विष्टले वामपन्थीदेखि राजावादी, स्वतन्त्रदेखि राष्ट्रवादी, हिन्दूवादी सबैलाई समेटेर राष्ट्रिय शक्ति नेपालको स्थापना गरेका छन् ।

गज्जबको प्रसंग के छ भने कार्यकारी सरकार प्रमुख केपी ओलीका राजनीतिक गुरु सरह मानिने ओलीका दौतरी अर्थात् नेपाली वाम आन्दोलनका नेल्सन मण्डेला भनिने झापा क्रान्तिका एक हस्ती मोहनचन्द्र अधिकारी विष्ट नेतृत्वको नयाँ राष्ट्रिय शक्तिमा समेटिएका छन् ।

यस्तै, असली राजसंस्थावादी मानिएका, कर्मनिष्ठ अभियान सञ्चालन गरिरहेका राष्ट्रिय सरोकार मन्चका केन्द्रीय अध्यक्ष सोमविक्रम सिंह पनि विष्टकै राष्ट्रिय शक्तिमा सामेल भएका छन् । यस्तै स्वतन्त्र लेखक, विश्लेषक लगायत दर्जनौं अगुवा वुद्धिजीवि तथा प्रतिष्ठित सामाजिक हस्तीहरु पनि विष्टको नेतृत्वमा गोलवन्द भएका छन् ।

विश्लेषक आदित्यमान श्रेष्ठहरुदेखि योगी अभिनाथहरुसम्म, किशोरी महतोहरुदेखि मधुकर शम्शेर राणाहरु लगायत ८७ सदस्यीय राष्ट्रिय शक्तिको समिति नै खडा गरेर विष्टले गैर काँग्रेस र गैरकम्युनिष्ट खेमाको नयाँ शक्ति निर्माणको पहल थालेका छन् ।

दुई वर्ष अघि सम्पन्न आम चुनावमा लगभग पत्तासाफ भएका र यही मंसिर १४ को उपचुनावमा शर्मानक हार व्यहोर्न पुगेका राप्रपा नामक दलहरुलाई झट्का लाग्ने गरी विष्टले राष्ट्रवादी धारको नयाँ वैकल्पिक शक्ति खडा गर्न पुगेका छन् ।

राज्यमन्त्रीमा बहाल नै रहँदा राजाको जन्मोत्सव मनाउन सडकमा ओर्लेका तथा गणतन्त्र बढार्न राज्यमन्त्रीकै हैसियतमा सडकमा कुचो लगाएर निकै चर्चामा आएका विष्टका छोरा समेत रहेका विराज विष्ट पनि उक्त शक्तिमा समेटिएका छन् । यसले उनको राष्ट्रिय शक्तिमा युवा तथा देशभक्तहरुको पनि विशिष्ठ स्थान रहेको देखाएको छ । सबै समेटिएका ८७ मध्ये ५ जना सल्लाहकार र बाँकी केन्द्रीय अभियन्ताका रुपमा रहेका छन् ।
हेर्नुहोस् को को छन, केशरबहादुर विष्ट नेतृत्वमा गठित राष्ट्रिय शक्तिका हस्तीहरुः


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई