सरकारको कामको गति अब बढ्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कामको गति बढ्ने बढ्ने बताएका छन् । बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलको पुनर्गठन भएकाले सरकारको गति बढ्ने बताएका हुन् ।

उनले नयाँ मन्त्रीहरुले जनताको आकांक्षा पुरा गर्नुहुन्छ भन्ने विश्वास पार्टीले लिएको बताए । उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठी लेखेको स्पष्ट पारे ।

उनले वार्ता र छलफलबाटै सीमा विवाद समाधान गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफूले बताएको उल्लेख गरे ।

उनले नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले यस बिषयलाई राजनीतिकरण गर्न नहुने भन्ने दिएको वक्तव्य उचित नभएको बताए । उनले भने, ‘सीमा विवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी