सरकारको कामको गति अब बढ्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको कामको गति बढ्ने बढ्ने बताएका छन् । बिहीबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलको पुनर्गठन भएकाले सरकारको गति बढ्ने बताएका हुन् ।

उनले नयाँ मन्त्रीहरुले जनताको आकांक्षा पुरा गर्नुहुन्छ भन्ने विश्वास पार्टीले लिएको बताए । उनले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठी लेखेको स्पष्ट पारे ।

उनले वार्ता र छलफलबाटै सीमा विवाद समाधान गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफूले बताएको उल्लेख गरे ।

उनले नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले यस बिषयलाई राजनीतिकरण गर्न नहुने भन्ने दिएको वक्तव्य उचित नभएको बताए । उनले भने, ‘सीमा विवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसदहरुले ‘परमादेश’ शब्दलाई गालीगलौजको रुपमा प्रयोग गरेको भन्दै सांसद बिडारीको आपत्ति

काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले केही सांसदले ‘परमादेश’ शब्दको ठूलो बेइज्जत गरेको

कक्षा १२ को परीक्षाअगावै विद्यार्थीलाई खोप दिन संसदीय समितिको सुझाव

काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई

एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । सत्तारुढ गठबन्धनबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तारसहित समसामयिक राजनीतिक विषयमा सत्ता गठबन्धन छलफलमा

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटार बसिरहेको छ । बैठक बिहान