डीएसपी ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति



काठमाडौं । नेपाल प्रहरकिा डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

अपराध अनुसन्धान महाशाखाका अधिकृतले चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए । त्यसपछि २० बैशाखमा उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । सामान्यतयाः निलम्बनको विषयमा ६ महिनाभित्र निर्णय गरिन्छ ।

तर, ढुंगेलको हकमा ७ महिनापछि पक्राउ पूर्जी जारी भएको प्रहरीले सार्वजनिक गरेको हो । ढुंगेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिसकेको छ । रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अन्य चन्द्रागिरी ८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका ४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन् । उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ।

धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ। उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ ।

डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्। डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

नयाँ नेपालका नेता कस्तो हुनुपर्छ ?

-डा. रामकृष्ण तिमल्सेना सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ,

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ