महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी



महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरी तीन हजार २४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले दुईहजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादवले एकहजार ९३५ मत ल्याएर चौथो स्थान प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

एकराज पाठक, काठमाडौँ । मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा

ओलीलाई बालेनको चेतावनीः अब परिस्थिति फेरिएको छ, कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका

बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै

निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्त थपलियाको निर्देशन

चितवन, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने