काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं । बुधबार राति दश बजेर आठ मिनेटको समयमा काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।
सिन्धुपाल्चोक केन्द्र बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।