यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गर्नु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको जानकारी दिए ।
उनले संक्रमण हुन नदिन प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको बताए । मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो ।
प्रधानमन्त्री ओलीको डा. अरुण सायमी, डा. रमेशसिंह भण्डारी, डा. दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।