सीमा विवादमा देउवाजीले आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्न खोज्नुभयो, तर त्यो पूरा हुँदैनः प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् ।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताएका हुन् ।

उनले सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको र नेपालको भूिम फिर्ता भएरै छाड्ने बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको भन्दै प्रचण्डले अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गएका बताए ।

दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो । प्रचण्डले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

अध्यात्मको मार्गमा गुरु किन चाहिन्छ ?

अध्यात्म विकासमा गुरुको मार्गनिर्देशन चाहिनुमा खास कारण छ । भौतिक जगतको जीवन राजमार्ग

नयाँ नेपालका नेता कस्तो हुनुपर्छ ?

-डा. रामकृष्ण तिमल्सेना सच्चा नेतृत्व त्यो हो, जसले शक्ति होइन, सेवामा गरिमा खोज्छ,

११ कक्षामा किन दिउँसोको सिफ्टमा नै भर्ना गर्ने ?

एसइइको नतिजा आएको केहि दिन भएको छ । यति बेला अभिभावक तथा एसइइ