‘सीमा अतिक्रमणबारेमा लैनचौर नजिकै रहेको परराष्ट्र मन्त्रालयले बोलाएर भारतीय राजदूतसँग खै छलफल गरेको ?’



पोखरा । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता कार्यकर्तालाई सीमा अतिक्रमणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ माग्न आग्रह गरेका छन् ।

प्रेस युनियन कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले पार्टी सभापति शेरबहादुर देउवाको कुरा आधिकारिक भन्दा पनि शंका रहेको बताए । उनले भारतका प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिँदै गर्दाखेरि कालापानीका विषयमा नेपालका मिडियालाई मात्र खपत हुने गरि मात्र किन विज्ञप्ति आएको भन्दै प्रश्न गरे ।

उनले भने, “यतिका समय गैसक्यो, मोदीका नाममा आजसम्म एक टेलिफोन काठमाडौंबाट गैरहेको छैन । त्यसैले कांग्रेसको सभापतिले बोल्दै गर्दा आशंका राख्नुभयो, कतै भारतसँगको सहमतिमा पो भएको हो कि ? यो उहाँले आशंका राख्नुभएको हो । उहाँको अभिव्यक्तिमा पार्टीको ठहर होइन अनि उहाँको पनि ठहर होइन ।“

उनले भने, “बालुवाटार बैठकमा सीमा अतिक्रमणका विषयमा एकमत भइयो, प्रधानमन्त्रीलाई पहल गर्न भनियो, तर समय गएको निकै भयो, कम्तिमा प्रमुख प्रतिपक्षी दलका नेताले राजदूतलाई टेलिफोन गरेर नेपालको भूमि हो यो, तपाइँले जारी गरेको नक्सामा आपत्ति छ भन्नुभयो । तर, त्यै लैनचौर नजिकै रहेको परराष्ट्र मन्त्रालयले बोलाएर छलफल गर्यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।

तरकारी खेतीले फेरिएको जिन्दगी

सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान