प्रचण्डले भने -संघीयतालाई कमजोर बनाउने प्रयास भयो
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता नबुझेकाले सङ्घीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् ।
भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सङ्घीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला सङ्घीयता विरोधी सक्रिय बनेका बताएका हुन् ।
उनले सङ्घीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको भन्दे कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए ।