अन्तर्राष्ट्रिय कानुनको दृष्टिले गम्भीर ठहयार्याइएका घटनामा संलग्नहरुलाई माफी दिँदैनौंः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूराना पदाधिकारी दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विस्तृत शान्ति सम्झांैता भएको १३ वर्ष पूरा भएको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बिगतमा गठन गरिएको आयोगका पदाधिकारीमाथि पीडित पक्षको विश्वास र भरोसा नभएकाले पनि पूराना पदाधिकारी दोहोर्याउन नमिल्ने अडानमा आफू रहेको बताए ।

उनले पीडितहरुको चाहना र सरोकारवाला निकायहरुको पनि सुझावका आधारमा आफू सत्य निरुपण तथा मेलमिलाप आयोगमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको बताए ।

प्रचण्डले द्वन्द्वकालका गम्भीर अपराधका घटनामा संलग्नलाई आममाफी दिन नसकिने अडान राखे । उनले अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारका दृष्टिले गम्भीर ठहयार्इएका घटनामा संलग्नहरुलाई माफी दिन नमिल्ने बताए ।

समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी दिन नमिल्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौंलाले द्वन्द्वपीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारलाई आग्रह गरे । काँग्रेस नेता सिटौलाले राज्यले द्वन्द्वपीडितलाई न्याय दिन ढिलाई भएको स्विकार गरेर अघि बढनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धर्मलाई ‘रिलिजन’ र ईश्वरलाई ‘अल्लाह’ वा ‘गड’मा अनुवाद गर्न जरुरी छैन

डा. गोविन्दशरण उपाध्याय । भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ । महाकवि

कसैको नक्कल होइन, आफ्नै मौलिकताको सम्मान गर्न सिके पुग्छ

डा. गोविन्दशरण उपाध्याय । मौलिक संस्कारहरू विकास र प्रगतिमा बाधक हुँदैनन् बरू मौलिक

सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन्

नारायण गाउँले । बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुसीसाथ

उमेर होइन, दिमागको विज्ञानले दुनियाँ बदल्छ

डा. युवराज संग्रौला । समाजको विकासक्रममा, १. सामन्तहरु उदाए, उनस्हरु जमिनमा अरुलाइ काम