कश्मीरको हिमपहिरोमा परी चार सैनिकसहित छ जनाको मृत्यु



भारतीय सेनाका एक अधिकारीले भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको जनाएका छन्।

आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९,००० फिट (५,८०० मिटर) को उचाइमा गस्ती गर्दै थिए। त्यही बेला उनीहरू हिमपहिरोमा परेका हुन्।

पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलायो, उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्‍याइएको थियो।

सेनाले भनेको छ तर ती सबैको अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण मृत्यु भएको हो। सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्छन्।

उक्त क्षेत्रको सार्वभौमिकतालाई लिएर विवाद छ। वार्ताहरूपछि पनि पाकिस्तान र भारत सियाचिन ग्लेशियरमा सेनाको उपस्थिति हटाउन विफल भएका छन्। उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ।

सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको हो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको छ।

सन् २०१६ को फेब्रुअरी महिनामा त्यही क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा भारतीय सेनाका १० जनाको मृत्यु भएको थियो।

हिमपहिरो र भूस्खलन जाडो याममा त्यहाँ सामान्य जस्तै मानिन्छ। त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी

  जेरुसेलम । इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार

इजरायली आक्रमणमा यमनका हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त

साना । इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको

राष्ट्रपति ट्रम्पको ‘मेगा बिल’बाट ‘निराश’ बनेको मस्कको भनाइ

वासिङ्टन । दशौं हजार मानिसलाई बर्खास्त गरेर अमेरिकी सरकारको खर्च कटौती गर्ने आफ्नो

गाजामा भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु

गाजा । गाजामा बुधबार भएको इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका