विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालयको ‘एक्सन रुम’ बाट ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताएका हुन् ।

उनले विकास आयोजनाहरुको जग्गाको मुआब्जा लिँदा अनुचित लाभ लिनुपर्छ भन्ने खालका प्रवृत्तिहरुका कारण धेरै विकास आयोजनाहरुको कामहरु अघि बढ्न नसकेको बताए ।

‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना ९० मेघावाटको बन्न सक्थ्यो, प्रधानमन्त्रीले भने, ‘तर जग्गाको मुआब्जा जस्ता अनावश्यक विवादका कारण यो आयोजना विलम्ब मात्रै हुन नगई यसको लागत पनि बढ्न गयो, ६० मेघावाट विद्युत उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पुर्याउँछ ।’

विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । उनले राज्यले देश र जनताको समृद्धिको निम्ति काम गर्ने हुनाले त्यसमा अनुचित माग र दवावको आवश्यकता नहुने बताए ।

‘आजबाट ६० मेगावाट विद्युत थप हुनुले सिंगो देश नै खुसी भएको छ, प्रधानमन्त्रीले भने,‘यसले मुलुकमा रहेको गरिवी हटाउन, रोजगारीको अवसर सृजना गरी उत्पादन वृद्धि गर्न र सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सफल बनाउन महत्वपूर्ण योगदान दिनेछ ।’

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न