अकूत सम्पत्ति कमाएको अभियोगमा भीमफेदी कारागारका जेलरविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भीमफेदी मकवानपुरका जेलर चिरञ्जीवी थापाले एक करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले थापाको सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएको सम्पत्ति अवैध रहेको पाइएको आरोप लगाएको छ ।

आयोगले थापाले सार्वजनिक पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी श्रीमती गोमा कट्टेल थापा समेतको नाममा जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम