शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको भूमिका महत्वपूर्णः महानिरीक्षक खनाल



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पूर्वप्रहरीले आफ्नो ज्ञान, सीप, कला र कौशललाई प्रयोग गर्दै शान्ति सुरक्षामा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।

काठमाडौँको धापासीस्थित नेपाल पूर्वप्रहरी सङ्गठनको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महानिरीक्षक खनालले शान्ति सुरक्षा कायम गर्न पूर्वप्रहरीको योगदान महत्वपूर्ण हुने बताएका हुन् ।

पूर्वप्रहरी कर्मचारीको हकहितका लागि प्रहरी सङ्गठन तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पूर्वप्रहरी सङ्गठनको विकासका लागि आवश्यक योजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले हाल प्रहरी कल्याण कोषबाट निवृत्त प्रहरी एवं आश्रित परिवार र अमर प्रहरी परिवारको कल्याणमा वार्षिक कल्याणकारी कार्यक्रमको कूल ७३ प्रतिशत खर्चको योगदान पुर्याइरहेको जानकारी दिए ।

कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका प्रहरी कर्मचारीका एक जना सन्ततिलाई कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने भनी प्रहरी दिवस २०७६ को अवसरमा घोषणा भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी नेपाली सेनाको टोली स्वदेश फिर्ता

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक: प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको

अनलाइनको माध्यमबाट हुने ठगी बढ्यो, सचेत हुनुहोस्ः साइबर ब्युरो

काठमाडौं । सेयर मार्केटको तालिम दिने बहानामा फिसिङ हुने गरेको भेटिएको भन्दै प्रहरीले

संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको म ढुक्कले भन्न चाहन्छुः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा