‘सरकार कता हरायो’ भन्दै नेविसंघको प्रदर्शन



काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडांैको चाबहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रदर्शनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी दिएको छ । नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘डाक्टर साहेवको क्लिनिक’

प्रभादेवी पौडेल। लघुकथाः डाक्टर साहेवको क्लिनिक -“ए बाबु अलि बिस्तारै गर न निक्कै

दोस्रो पुस्ताका नेताहरूले अब निकासका लागि पहलकदमी लिनुपर्छः नेता रिजाल

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले अदालतले राजनीतिक समस्या समाधान

लघुकथा: भेटेको पैसा

प्रभादेवी पौडेल। म किनमेलको लागि बजार जान निस्किएकी थिएँ। केही पर पुगेपछि एउटा

युवा जोश र क्षमतालाई राष्ट्रको खातिर लगाउन पूर्वप्रधानसेनापति कटवालको आग्रह

काठमाडौं । डिफेन्स करियर एकेडेमी नेपालले बसन्त पञ्चमी(सरस्वती पूजा)को अवसरमा एक कार्यक्रमको आयोजना