बाग्लुङमा बागीको उम्मेदवारी फिर्ता लिन नेकपा असफल



बागलुङ । बागलुङ क्षेत्र नम्बर दुईको प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि नेकपाका नेता शेरमान घर्तीको बागी उम्मेदवारी फिर्ता गराउने अन्तिम प्रयास पनि असफल भएको छ ।

घर्तीको उम्मेदवारी फिर्ता गराउन मनोनयन दर्तापछि नेकपाका केन्द्र र जिल्ला तहका नेताले निरन्तर प्रयास गरे पनि सफल भएन । जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा भएको लामो छलफल पछि शेरमानलाई सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता भएन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो एक बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय निर्धारण गरिएको थियो । उक्त अवधिसम्ममा कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नगरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले जानकारी दिए ।

बागी उम्मेदवारी कायम रहे नेकपा राष्ट्रिय जनमोर्चा बीचको बामगठबन्धन र नेपाली कांग्रेस बीचको प्रतिस्पर्धा कसिलो हुनेछ । घर्तीको प्रस्तावका नेकपाका रिमबहादुर विक र समर्थकमा दधिराम अर्याल छन् ।

बागलुङमा नेकपाले राजमो उम्मेदवारलाई सघाउने निर्णयअनुसार, राजमोका खिमबिक्रम शाहीको उम्मेदवारी दर्ता गरिएको थियो। पश्चिमको राजनीतिमा सक्रिय नेकपाका घर्तीले पार्टीले सदैव उपेक्षा गरेकाले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएको बताएका छन् ।

घर्ती २५ वर्ष राजमोमा सक्रिय भएर तत्कालिन बोबाङ गाविसको अध्यक्ष समेत भएका थिए । पछि पार्टी प्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।