गणेशमान, मनमोहनजस्ता राजनेताको स्मृति दिवस मनाउन सरकारलाई कांग्रेस नेताको सुझाव



काठमाडौं । नेपाली काँग्रेसका नेता तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस आफैंले मनाउन सरकारसँग माग गरेका छन् ।

गणेशमान सिंहको १०५ औं जन्मजयन्तिको अवसरमा आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको गुनासो गरे ।

विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उनले बताए ।

कार्यक्रममा काग्रेस नेता ध्यानगोविन्द रञ्जितले नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेल्नु भएको नेतृत्वदायी भूमिकाको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रदेश एकको नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश एकको प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आइतबार बसेको बैठकमा वार्षिक

निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको निर्णय अमान्य, पुरानै पदाधिकारीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ ।