गणेशमान, मनमोहनजस्ता राजनेताको स्मृति दिवस मनाउन सरकारलाई कांग्रेस नेताको सुझाव



काठमाडौं । नेपाली काँग्रेसका नेता तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको समृति दिवस आफैंले मनाउन सरकारसँग माग गरेका छन् ।

गणेशमान सिंहको १०५ औं जन्मजयन्तिको अवसरमा आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा नेता डंगोलले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको गुनासो गरे ।

विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता राजनेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उनले बताए ।

कार्यक्रममा काग्रेस नेता ध्यानगोविन्द रञ्जितले नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेल्नु भएको नेतृत्वदायी भूमिकाको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्छः प्रचण्ड

बागलुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै

राजावादीलाई प्रधानमन्त्रीको आग्रहः जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी छैन

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताएका

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति

वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग चीनको राष्ट्रिय