‘अकुपाइ टुँडिखेल’ अभियान फोटोमा हेर्नुस्


काठमाडौं । काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ ।  शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान सुरु गरिएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, सामाजिक अभियन्ता लगायतको सहभागिता थियो । भुकम्पपछि अस्थायी रुपमा प्रयोग गर्ने गरि खुलामञ्चको केहि भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थायी प्रकृतिका संरचना बन्न थालेपछि बिरोध हुँदै आएको छ ।

यसरी खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले अभियान सुरु गरिएको बताएका छन् । अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश तीनका सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो । खुलामञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने बताइएको छ ।