कांग्रेसले भन्यो- प्रदेश प्रमुखहरुको बर्खास्ती सहमतिको राजनीतिलाई बिथोल्ने प्रयत्न



काठमाडौं । नेपाली काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई तर्कहीन भनेको छ । सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा सङ्घीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रका रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरीत समेत रहेको बैठकले ठहर गरेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज दुबई प्रस्थान गर्दै

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको

बालकृष्ण खाणले न्याय पाउनेमा आशावादी छुः सभापति देउवा

भैरहवा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू

सिंहदरबारको आर्ट ग्यालरीमा ओलीलाई प्रचण्डको स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

एमालेले भन्यो-यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छैन

विराटनगर । कोशी प्रदेशसभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् ।