कांग्रेसले भन्यो -प्रदेश प्रमुख हटाउने सरकारको निर्णय सहमतिको राजनीति थप बिथोल्ने यत्न



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले एकैसाथ सातवटै प्रदेश प्रमुख हटाउने सरकारको निर्णय सर्वसत्तावादको संकेत बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णय गलत रहेको बताएका छन् ।

उनले भनेका छन्, समयको प्राथमिकता अर्कै, सरकारको ध्यान अर्कैतिर रहेको, जरुरी समीक्षाबेगर पूर्वाग्रहपूर्ण निर्णय गरेको, सहमतिको राजनीति थप बिथोल्ने यत्न गरेको, निर्वाचन आचारसंहिचाको नैतिक हेक्का नराखेको. अर्थात् कम्युनिष्ट सरकार !


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी गराएका छन् ।

प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको जनाएका छन् ।

प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनका प्रमुख अनुराधा कोइराला, प्रदेश चारका प्रमुख बाबुराम कुँवर, प्रदेश पाँचका प्रमुख उमाकान्त झा, प्रदेश ६ का प्रमुख दुर्गा केशर खनाल र प्रदेश सातका प्रमुख मोहनराज मल्ललाई बर्खास्त गरेकी छन् । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था छ । निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, निजको मृत्यु भएमा रिक्त हुने व्यवस्था संविधानमा रहेको छ ।

धारा १६५ को उपधारा (२) मा भनिएको छ–कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन