महरा थुनामै, थुनछेक बहस सकिएन



काठमाडौं । यौन दुव्र्यवहार आरोपको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवार समेत प्रहरी थुनामै बस्नुपर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस नसकिएकाले अदालतले महरालाई आइतवार समेत प्रहरी हिरासतमै पठाएको छ । शुक्रवारदेखि शुरू भएको मुद्दाको कारवाही प्रक्रियामा अभियुक्तको बयानपछि आइतवार वकिलको बहस भएको छ ।

आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गर्न पाएका छन् । बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको छ ।

सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरा सम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ ।

यसअघि शुक्रवार महराको बयान भएको थियो । थुनछेक बहसमा महराका तर्फबाट बहस गर्न २७ जना वकिलले वकालतनामा लिएका छन् । महरा सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै

निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्त थपलियाको निर्देशन

चितवन, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने

बाजुराका कुशल कार्कीले टप गरे इन्जिनियरिङ्ग स्नातक प्रवेश परीक्षा

काठमाण्डाै, इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे शैक्षिक सत्र २०७९।८० काे स्नातक प्रवेश परीक्षाकाे नतिजा