महराको बयान सकियो, थुनछेक बहस आइतबार



काठमाडौं । काठमाडाँै जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा शुक्रबार बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा महराको अदालती बयान सकिएको र आइतबार थुनछेक बहस हुने तय भएको हो ।

काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार शुक्रबार तीन बजेसम्म कार्यलय समय भएपनि साढे पाँच बजेसम्म बसेर बहस सकिएको र थुनछेक बहसका लागि समय नभएकाले आइतबार हुने जानकारी दिए ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

निर्वातमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक सात गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो जुन हिजो सकिएको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु

 नेपाली काँग्रेसबाट अलग भएको घोषणा वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को

मौलिकता संरक्षणसँगै स्वरोजगार बन्ने युवाको प्रयास

म्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको

ज्वाइँ–जेठानले स्वदेशमै देखेको अवसर

ढोरपाटन । कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो ।