भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या



बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए । मारिने हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौन्दर्यको त्यो बजारमा क्रन्दन छ, चिच्याहट छ, जीवनको याचना छ

डा. प्रदीप ढकाल । सौन्दर्यता केमा हेर्ने ? शरीरको बनावटमा ? रंगमा ?

नागरिकता विधेयकमा दलीय सहमति जुटाउन गृहमन्त्री र कानुनमन्त्रीद्वारा प्रचण्डसँग छलफल

काठमाडौं । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री

सिके राउतको पार्टीले खोल्यो मेयरको खाता

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सीके राउत नेतृत्वको जनमत पार्टीका वीरेन्द्र

युवा नेतृत्वले हाँक्दै डडेल्धुराको परशुराम नगरपालिका

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी र उपमेयरमा