भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या



बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए । मारिने हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो । शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ ।

बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले युवालाई बिना धितो दुईदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौँ । सरकारले युवालाई बिना धितो  दुई लाखदेखि  २० लाखसम्म सहुलियत कर्जा उपलब्ध

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका

अमेरिकाको टेक्सास राज्य संसदद्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिका । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीवार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल