तिहार र दीवालीमा अन्तर



भरत दाहाल।

नेपालका संस्कार र संस्कृितहरू विकृत बन्दै जानु वा मासिंदै जानुको मूख्य कारण नै आफ्नो मौलिकतालाई छोडेर अर्काको पछाडी कुद्नु हो। राजनीतिक दासत्वबाट किचिएका कैयौं मानिसहरुले नेपाल र ईण्डियाका संस्कार, संस्कृति र चाडपर्वहरु एउटै भएको कुतर्क गर्दछन्। दशैं जस्तै तिहार पनि यस्तै प्रकारको भ्रमको कथामा आधारित छ।

ईण्डियनहरुको दीवालीसंग हाम्रो तिहारको कतै सम्बन्ध छैन। ईण्डियन दीवाली अयोध्याका राजा रामले रावरणलाई मारेर घर फर्किंदा आयोजना गरिएको उत्सवको कथामा आधारित छ। हामीकहाँ त्यसको प्रसंग नै छैन।

हामी यम र यमी २ दाजुबहिनीको मिलन र सो मिलन प्रत्येक बर्ष भैरहोस् भन्ने कथाका आधारमा तिहार मनाउँछौं। त्यही भएर तिहारमा नसुक्ने तेल, नओईलाउने मखमली फूल र कतै पनि नटुक्रिएको आकारको सेल रोटीलाई अनिवार्य मान्छौं।

नेपालको अहिलेको संकटको एउटा महत्वपूर्ण पाटो संस्कार र संस्कृति हो। आर्थिक एवं सामाजिक/सांस्कृतिक जीवनमा आफ्नोपन गुम्दै जानुका कारणले नै रानीतिक प्रणाली पनि विदेशीहरुको भरिया बन्न गएको हो। आफ्नोपन हराएका मानिसहरुमा अर्काको गुलामी गरेर दिन ढकेल्नु बाहेक अर्को सोंच हुँदैन, किनकि यस्ता मानिसहरुमा स्वाभमिान र पहिचान हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै

‘जनयुद्व’ शब्द प्रकरणमा सर्वमान्य अभ्यासको अवलम्वन संवैधानिक इजलासमा किन हुन सकेन ?

देव गुरुङ । नेपाल सरकार र मधेस प्रदेस सरकारको आर्थिक वर्ष २०८१/८२ को

सबै विवेकी बन्ने हो भने हिरासत र पुलिस नै किन चाहिन्छ र !

नारायण गाउँले । हिरासतमा आजभोलि सीसीटिभी सामान्य रहेछ । बेलायतमा त ट्वाइलेटमा समेत