पूरक भोजनको नाममा ठगी



डा. अरुणा उप्रेती

प्रकृति दयालु छ । राम्रो स्वास्थ्यको लागि चाहिने सम्पूर्ण भोजन प्रकृतिबाटै पाइन्छ । तर राजनीतिक, सामाजिक, धार्मिक र गरिबीको कारणले मानिसहरूलाई कुपोषण हुँदा व्यापारिक घरानाका मानिसहरू कुपोषण ठिक पार्न हामी खानामा अनेक थरीका भिटामिन मिलाइदिन्छौं ।

फोर्टिफिकेसन गरिदिन्छौं, अनि कुपोषण हुँदैन भनेर सरकारलाई भन्छन् । सरकार समस्याको विश्लेषणविनै त्यस्ता व्यपारीको चंगुलमा पर्छ । यसले सार्वजनिक स्वास्थ्य समस्या सिर्जना हुन्छ ।

नेपालमा अहिले पूरक खाना (पूरक आहार) भनेर अनेक प्याकेटका खाना, भिटामिन, खनिज, ओमेगा ३ जस्ता पदार्थको बिक्री भइरहेका छन् । एक चक्की वा क्याप्सुलको ५०–१०० रुपैयाँसम्म पर्ने यस्ता पूरक आहारले केही फाइदा हुँदैन ।

यो बनाएर बेच्ने कम्पनीहरूचाहिँं मालमाल हुन्छन् । उपभोक्ता मञ्चमा आबद्ध बाबुराम हुमागाईंले एक कार्यक्रममा भनेका थिए, ‘कतिले विवेकशील तरिकाले पूरक आहार बेच्न नियम बनाउनुपर्छ भन्छन्, तर अनेक थरीका भिटामिन, खनिजहरू जुन प्रकारले क्याप्सुलका रूपमा उपभोक्ताले प्रयोग गर्छन्, त्यो अविवेकशील नै हुन्छ । त्यो कामै लाग्दैन । अनि किन त्यसबारे नियम बनाउनु ?’

विवेकशील जनस्वास्थ्य विज्ञहरूका अनुसार पूरक आहारलाई औषधिको रूपमा खानै पर्दैन । सन्तुलित खाना खाए पुग्छ । पूरक आहार किन्नु व्यर्थमा पैसा खर्च गर्नु हो । डाक्टरहरू पनि ‘तिम्रो भोजन नै औषधि हो’ भन्छन् । वास्तवमा राम्रो भोजन नभए जति औषधि खाए पनि काम लाग्दैन ।

कुपोषित बालबालिकालाई भोजनको माध्यमबाट नै स्वस्थ बनाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा स्थापना गरेको ‘पोषण पुन:स्थापना गृह’मा कुपोषित बालबालिकालाई भान्छाकै खानेकुरा ख्वाएर, मसाज गरेर, खेलाएर, घाममा राखेर ठिक पारिन्छ । तर पूरक आहार बनाउने कम्पनीहरू भन्छन्, ‘सूक्ष्म पोषण तत्त्वहरू भएको पूरक आहारले अनेक रोगबाट बचाउँछ ।’ यस्तो भ्रम सिर्जना गरेर उपभोक्तालाई नचाहिने औषधि किन्न लगाइन्छ ।

औषधि विभागले यस्ता पूरक आहार औषधि पसलमा बेच्ने होइन भन्छ । तर खाद्य विभागचाहिँ यसलाई बेच भन्छ । मारमा पर्ने त उपभोक्ता नै हुन् । यस्ता पूरक आहारको मानिसलाई जरुरतै पर्दैन ।

त्यसमाथि पनि क्लिनिकल अन्कोलोजी सम्बन्धी एक अध्ययनमा सिद्ध भएको छ— भिटामिन बी ६ र भिटामिन बी १२ चक्की पूरक आहारको रूपमा खाँदा फोक्सोको क्यान्सरको सम्भावना बढ्न सक्छ ।

यस्ता क्याप्सुलले बेफाइदा गर्छन् भन्ने उपभोक्तहरूलाई थाहा छैन । यस्ता पूरक आहारको बाहिरपट्टि लेखिएको हुन्छ, ‘औषधि होइन’, तर डाक्टरहरूले लेखिदिन्छन् । कसैले प्रश्न गर्दैन ।

काठमाडौंका ३ वटा अस्पतालमा ३ सय बिरामीको पुर्जीको विश्लेषण गर्दा डाक्टरले लेखिदिएको औषधि हेर्दा ५१ प्रतिशतलाई भिटामिन, १५ प्रतिशतलाई खनिज, ५ प्रतिशतलाई प्रोबायटिक, ३ प्रतिशतलाई प्रोटिन, ३ प्रतिशतलाई पाचन रस दिइएको फेला पर्‍यो ।

म १६ महिना नेदरल्यान्ड बसेँ । त्यहाँ कसैलाई पनि ‘भिटामिन’ वा ‘पूरक आहार’ दिएको देखिन्न । अमेरिकामा चाहिँ ‘हेल्थ फुड’ को नाममा पूरक आहारमा अर्बौं डलरको व्यापार हुन्छ । पूरक आहार नखाने डचहरू अमेरिकनहरूभन्दा स्वस्थ छन् भन्ने तथ्यांकले देखाउँछ ।

भारतमा गरिएको एक अनुसन्धान अनुसार भिटामिनको चक्की, झोल र खनिज पदार्थ ४० प्रतिशत, अनेक थरीका ‘हर्वल औषधि’ भनेर २० प्रतिशत, फो बायोटिक १० प्रतिशत, ओमेगा ३ फ्याट्टी एसिड, प्रोटिन १५ प्रतिशत विभिन्न नामबाट बिक्री हुन्छ , पढेपछि मलाई लाग्यो, त्यहाँका करोडौं जनतालाई ‘पूरक खाना’को रूपमा ठगिएको छ ।

म १६ महिना नेदरल्यान्ड बसेँ । त्यहाँ कसैलाई पनि ‘भिटामिन’ वा ‘पूरक आहार’ दिएको देखिन्न । अमेरिकामा चाहिँ ‘हेल्थ फुड’ को नाममा पूरक आहारमा अर्बौं डलरको व्यापार हुन्छ । पूरक आहार नखाने डचहरू अमेरिकनहरूभन्दा स्वस्थ छन् भन्ने तथ्यांकले देखाउँछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

  गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा