सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्ने चार सैनिक तथा २३ गैरसैनिक कारवाहीमा



काठमाडौं । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ ।

गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८ सय सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ ।

सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वाटरमा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको आशङ्कामा तीन र श्री नं छ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशङ्कामा एक सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरु गरिएको छ ।

यसैगरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ । सैन्य भर्ना केन्द्र श्री नम्बर २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नम्बर छ बाहिनी अड्डा, कैलालीमा पनि परीक्षा दिन लगेकाका चार नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न चार गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष, स्वस्थ र प्रतिस्पर्धात्मक बनाइ नेपाली सेनामा योग्य व्यक्तिले सेवा गर्ने अवसर नगुमाओस् भन्नेमा जोड दिँदै आउनु भएकाले सोही बमोजिम गत वर्षदेखि भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक उपकरणमार्फत खराबी नियन्त्रण गर्ने गरिएको छ ।

यसले भर्ना छनोट प्रक्रियामा हुने अनियमितता कमी हुनाका साथै त्यस्ता कारवाहीले सङ्गठन शुद्धिकरण अभियानमा समेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भावी प्रधानसेनापतिको टुंगो लाग्यो, सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को

प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

औपचारिक माध्यमबाट मात्र रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन