महरालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । यौन दुव्र्यवहारको अरोपमा पक्राउ परेका निवर्तमान कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको अनुमति दिएको हो । म्याद २ गते शनिबारदेखि लागु हुने जनाइएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले असोज २८ मा महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयान भएको थियो । बयान सकिएलगत्तै महरालाई काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, प्रहरीलाई सफाई

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम

हिमाली जिल्लामा दसैँअघि अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर

काठमाडौँ । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले  सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा विद्यार्थीहरुलाई

अलमलिएको नेपाली डेरी क्षेत्र

निरन्जन तिमिल्सेना, पाेखरा, वर्ष २०७७ नेपालको समग्र क्षेत्रको विकासको लागी बिर्सनलायक बर्ष रह्याे