आलमलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति
रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । असोज २५ गते राजपुर छिर्ने शेख ईद्रिस गेटबाट पक्राउ परेका आलम माथी कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।
आलमको तर्फबाट कानून व्यवसायीहरुले थुनामा राख्नु नपर्ने जिकिर अदालतसमक्ष गरेका थिए ।