नेपाली सेनाद्वारा थापा, खनाल र श्रेष्ठलाई ‘हल अफ फेम’ उपाधि



काठमाडौं । नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ । नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनेमा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सोही बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ छन् । स्वदेशभित्र नै उच्च कमाण्ड तालीम पूरा गरी राष्ट्रका लागि उत्कृष्ट सेवा पुर्याउँदै सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल व्यक्तित्वलाई ‘हल अफ फेम’बाट सम्मान गर्ने प्रचलन रहेको छ ।

आफ्नै स्टाफ कलेजबाट कमान्ड तालीम लिई प्रधानसेनापति पदमा पुग्न सफल भएका प्रधानसेनापति थापा पहिलो प्रधानसेनापति हुुन् । विशेष गरी सेनाभित्र ‘कमान्ड तालीम’लाई विशेष महत्वका रुपमा लिइन्छ । कमान्ड तालीम पूरा भएपछि मात्र वृत्ति विकासका थप ढोकाहरु खोलिने गर्दछ ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकाबाट कमान्ड तालीम लिएका थिए । शिवपुरीमा रहेको सो कमान्ड कलेज विश्वको उत्कृष्ट तालीम केन्द्रभित्र पर्दछ । सन् १९९२ मा स्थापना भएको सो कलेजमा हाल २६औँ व्याँजको कमान्ड तालीम जारी रहेको छ । कमान्ड तालीमका साथमा पछिल्लो सयम कलेजले सेना, सुरक्षा र सामरिक महत्वका विषयमा अनुसन्धान तथा तालीम पनि सञ्चालन गर्दै आएको छ ।

साथै सोही कलेजबाट कमान्ड तालीम लिई सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा खनाल र श्रेष्ठ पुगेका छन् । महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो सेवा नेपाली सेनाको सेकेन्ड लेफ्निटेन्टबाट शुरुआत गरीपछि सशस्त्र प्रहरी बलमा गएका थिए ।

प्रधानसेनापति थापा र पूर्वमहानिरीक्षक श्रेष्ठले सो कलेजको चौथो व्याँच तथा महानिरीक्षक खनालले १३आँै व्याँचमा कमान्ड तालीम पूरा गरेका थिए ।

कलेजद्वारा शुक्रबार शिवपुरीमा आयोजित कार्यक्रमका ती विशिष्ट व्यक्तित्वलाई कलेजका शिक्षाध्यक्ष एवं उपरथी ईश्वर हमालले सो सम्मान तथा कलेजबाट प्रदान गरिने प्रमाणपत्र समेत प्रदान गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले आगामी दिनमा आर्मी कमान्ड एन्ड स्टाफ कलेजको तालीमलाई समयानुकूल बनाउँदै जाने जानकारी दिँदै आफूले कलेजबाट तत्कालीन समयमा तालीम लिने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ हतियार किन्ने कुनै योजना छैनः प्रधानसेनापति शर्मा

पाँचखाल । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

प्रहरी महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोजिएको भन्दै नेपाल प्रहरीको आपत्ति

काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई विवादमा

नेपाल प्रहरीका कर्मचारी पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका