गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी



काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नवौं अधिवेशनबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले १२१७ मत ल्याए भने आचार्यले १०७० मत ल्याएका हुन्।

उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भए। महासचिवमा हेमराज शर्मा निर्वाचित भए भने सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डीआईजी गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा

श्रीलंकाको राजदूतमा नेपाली सिफारिस

काठमाडौं । सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ ।

चीनसँग बीआरआई सम्झौता गर्न सरकारलाई पूर्वप्रधानमन्त्री खनालको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीन अघि सारेको वेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) बारे

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशनः अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर