पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न दोहास्थित नेपाली दूतावासको आग्रह



काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।

कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला÷बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो आग्रह गरेको हो ।

नेपाली समुदायबाट कतारको प्रचलित कानूनविपरितका गतिविधि भइरहेको भन्दै स्थानीय प्रशासनले दूतावासको ध्यानाकर्षण गराएको थियो ।

दूतावासले स्थानीय सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन गर्न नेपाली समुदायमा सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई सघाउन जापानमा कोभिड–१९ प्रतिकार्य समिति गठन

गणेश खनियाँ, टोकियो । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा

एनआरएनएले एक सय वटा अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करीब दुई करोड रुपैयाँ बराबरको

बेल्वासे र थापा बेलायतमा काउन्सिलरमा विजयी

लण्डन । बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती

प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

सुरज भण्डारी, टेक्सास । प्रवासी नेपाली एकता मञ्च युरोपले नेपालमा बढ्दै गएको कोरोना