यो परिवर्तनलाई अब कसैले चुनौति दिन सक्ने छैनः प्रचण्ड(भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् ।

केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ भनेर आफूले नै प्रस्ताव गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि अहिले राजनीतिक रुपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको उल्लेख गरे ।

चाडबाडको अवसरमा नेकपाले बुधबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “टु प्लस वान भनेर राष्ट्रपति सी र नरेन्द्र मोदीका बीचमा पनि छलफल अगाडि बढेर एउटा नयाँ परिस्थिति बन्न थालेको छ, उहाँको भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ ।”

चीनका राष्ट्रपति सीबाट नेपाल अब भू–परिवेष्टित होइन भू–जडित देशमा परिणत गर्न हाम्रो सहयोग रहन्छ भनेर प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको उनले जिकिर गरे ।

उनले छिमेकी देशको विकासबाट हामीले लाभान्वित हुने नयाँ राजनीतिक विश्वासको वातावरण बन्दै गएको उल्लेख गरे । यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको समेत उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।