म्यान्मार प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारी हेलिकप्टर चढेर पुगिन् त्रिभुवन विमानस्थल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिवलगायत छन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए ।

त्यसअघि राष्ट्रपति हेलिकप्टर चढेर राष्ट्रपति कार्यालयबाट त्रिभुवन विमानस्थल पुगेकी थिइन् । राष्ट्रपतिका लागि गत महिना हेलिकप्टर खरिद गरी ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसैको नक्कल होइन, आफ्नै मौलिकताको सम्मान गर्न सिके पुग्छ

डा. गोविन्दशरण उपाध्याय । मौलिक संस्कारहरू विकास र प्रगतिमा बाधक हुँदैनन् बरू मौलिक

सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन्

नारायण गाउँले । बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुसीसाथ

उमेर होइन, दिमागको विज्ञानले दुनियाँ बदल्छ

डा. युवराज संग्रौला । समाजको विकासक्रममा, १. सामन्तहरु उदाए, उनस्हरु जमिनमा अरुलाइ काम

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य