युवराज पारस भन्छन्ः म राजा हुन जन्मिएको हैन



दशैंको टीका लगाएपछि रिफ्रेश हुन पोखरा आइपुगेका युवराज पारस शाहले रिपोर्टर्स सेभेन डटकमसँग केही समय बिताएका छन् । रिपोर्टर्ससँग कुरा गर्दै युवराज पारसले आफ्नो जीवनशैली र वर्तमान परिवेशलाई सटिक व्याख्या गर्दै भने, ‘म राजा हुन जन्मिएको हैन, र, राजशी शैलीमा बाँच्ने मेरो कुनै चाह छैन ।’
राज खानदान भनेर चिनिँदै आएपनि शाह वंश यो देशको साधु भएको उनले जनाए । देशलाई एकतामा बाँध्न शाह वंशले यो देशमा जन्म लिएको जनाउँदै उनले भने, ‘पछिल्लो समयमा राजसंस्थाप्रति अगाध आस्था राख्ने समूहले राजा पुनः आइदेओस्, पारस राजा होस् भन्ने चाहेका छन्, तर मेरो भनाई स्पष्ट छ, म राजा हुन जन्मेकै हैन । पछिल्लो समय ज्ञान र अध्ययनमा समय बिताइरहेको उनले छन् ।
पश्चिमाको तुलनामा पूर्वीय दर्शन समृद्ध रहेको उनको भनाइ छ । उनका अनुसार अंग्रेजी अल्फाबेट एबाट शुरु भई जेडमा सकिने अर्थात् एप्पलबाट सुरु भइ जेब्रामा अन्त्य हुने तर हाम्रो कलमबाट शुरु भई ज्ञ अर्थात ज्ञानमा अन्त्य हुने उल्लेख गरे । सोही अनुसार अबको आफ्नो दिनचर्या ज्ञान प्राप्तीमा लगाउने उनले बताए । पछिल्लो समय आफुलाई विभिन्नखाले टिप्पणी गर्दै गलत ढंगले व्याख्या गरेकोमा उनले चित्त दुखाए ।
पारस भन्छन्, मेरो जीवन खुल्ला किताबजस्तै छर्लङ छ । हिजोको दिनमा मबाट केही नराम्रा काम भए होलान्, त्यसमा म प्रायश्चित गर्छु, तर अबको जीवन म ज्ञान र अध्ययनमा बिताउने छु ।नेपाली जनमानसको भनाई पढेरभन्दा परेर जानिन्छ भने झैं म पनि परेर जाने, सिकेको हुँ, उनको बुझाई छ । वर्तमान राजनीतिप्रति कुनै पनि टिप्पणी नगरेका पूर्वयुवराज पारसले दरबार हत्याकाण्डबारे प्रतिक्रिया दिए ।
विभिन्न सञ्चारमाध्यम र शक्तिहरुले हत्याकाण्डमा पारसको हात रहेको भनि प्रचार गर्दा आफु पीडित रहेको उनले सुनाए । त्यो कहालीलाग्दो घटनाबारे सुनाउँदै उनले भने, ‘म आफै मुश्किलले बाँचेको हुँ, तर पछि मलाई हत्यारा भनि भ्रम फिँजाइयो ।’ म माथि लगाईको आरोपको भपाई कसरी हुन्छ । सोही घटनाबाट विक्षिप्त भएपछि आफु थाइल्याण्ड पुगेको उनले सुनाए ।
आफ्नै वंशमाराको आरोपलाई सफाइ दिँदै उनले भने, म भाइमारा हैन ।’ यसो भनिरहँदा उनले आफ्नो सम्पत्तिबारे प्रष्ट्याए । ‘मेरो एउटा अपार्टमेन्ट, एउटा गाडी र एउटा मोटरसाइकल छ’ उनले प्रष्ट्याए । भन्छन्, मलाई सम्पत्ती र सुखसयलमा आशक्ति छैन, मात्र सामान्य नेपाली नागरिक भएर घुम्न देउ, बाँच्न देउ ।’ सामान्य नागरिकजस्तै खुल्ला हावामा रमाउन आफु पोखरा आएको र अझै केही दिन ताल र डाँडाकाँडामा टहलिने योजना रहेको उनले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम