एनआरएनए कोषाध्यक्षका लागि दुबै टीमको रोजाईंमा सुदन थापा निर्विरोध हुने सम्भावना



क्रान्ति लामा ।
गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा जापानवाट सुदन थापा निर्विरोध हुने सम्भावना बढेको छ ।

एनआरएनएको संस्थापनसंग नजिक रहेर काममा सदैव सक्रिय थापाले सवैको आग्रहमा कोषाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए ।

एनआरएनएको विश्व सम्मेलन अक्टोवर १५ देखि १७ मा काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासी कुमार पन्त र कुल आचार्यको टिमले थापालाई कोषाध्यक्षमा निर्विरोध गर्न दवाव दिन थालेको बताइएको छ ।

कोषाध्यक्षमा थापासहित जापानवाटै महेश श्रेष्ठ र सोम सापकोटा समेतको दावि रहेको बेला थापालाई नेतृत्वले निर्विरोध चयनको लागी दवाब दिएका छन् ।

बिगत १३ बर्षदेखि जापानमा बस्दै आएका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन् । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाएका थापा अहिलेसम्म अनवरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् ।

थापा गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ता पनि हुन् ।

उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष रहँदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ गाठको सुभअवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एेतिहासिक नेपाल फेस्टिवलको आयोजना गरेका थिए।

यस्तै मनास्लु फेस्टिवल लगायत, नेपालमा गएको महाभुकम्पमा जापान सरकार तथा जापानी नागरिकहरुले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोगलाई धन्यवाद स्वरुप नेपालको पर्यटन प्रवर्धनको निमित्त हाम्रा धरोहरहरु अझै भत्केका छैनन, हामी सम्पूर्ण नेपालीहरु तपाईहरुले गरेका माया सद्भाव सहयोगको लागि नेपालमा स्वागत गरेर धन्यबाद दिन चाहन्छौ भन्ने नारा सहित एकै समयमा जापानका ५० ठाउँ भन्दा बढी स्थानमा स्टेसनको अगाडी थ्यांक्यू जापान कार्यक्रम आयोजना गरेका थिए ।

जापानको नेतृत्व रहँदा निकै लोकप्रिय कार्ययोजना तथा कार्य गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुको मन मुटुमा बस्न सफल व्यक्ति पनि हुन् थापा । त्यसो त थापाको कार्यकाललाई एनआरएनए जापानको इतिहासमा सुनौलो कार्यकालको रुपमा जापानवासी नेपालीहरुले लिने गरेका छन ्।

जापानको कुमामोतोमा आएको विनासकारी भुकम्पमा भुकम्पग्रस्त क्षेत्रमा ५० भन्दा बढी स्वयंसेवकसहितको टिमले हजारौ संख्यामा जापानी नागरिकहरुलाई पटक पटक नेपाली खाना खुवाएर, नेपाली योगा सिकाउने कामको नेतृत्व पनि थापाले नै गरेका थिए।

विनासकारी महाभुकम्पमा गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बढी स्वयंसेवक तथा मेडिकल टिमको नेतृत्व गर्दै राहत वितरण तथा भुकम्प प्रभावित विभिन्न जिल्लामा काम गरेका थिए ।

थापाले युवा संयोजक रहँदै गर्दा प्रथम पटक नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई विभागीय टिमको हैसियत प्रदान गर्दै ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको तर्फबाट संयोजकको भूमिका प्रदान गरेको थियो । ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको थियो ।

थापाले एनआरएनए स्पोर्टस एकेडेमी स्थापनाका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

थापाले गैरआवासीय दोस्रो जेनेरेसनलाई नेपालसंग जोडन र नेपालको समग्र खेलकूद विकासका लागि नेपालमा स्पोर्ट्स एकेडेमीको स्थापनाको अवधारणा अघि सारेको
छ । जस्को प्रतिफल एनआरएनएले पाउन थालिसकेको आम सदस्यहरुको बुझाइ छ ।

सधैं संस्थापन र ईमान्दार थापा राजनितिक रुपमा पनि कुनै दलसंग आवद्ध नभएकोले दुवै टिमवाट कोषध्यक्षमा निर्विरोध गर्न नेतृत्वलाई दवाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन

अर्काको देशमा गएर मर्न तयार हुने तर आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र