गरिबी निवारण कोषलाई नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिए ।

कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्ने चालू आर्थिक वर्षका लागि पाँच करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ : उपमहासचिव पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले अहिले

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

काठमाडौँ । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध

सुशासनका नाममा सारा सूचना दिने हो भने मुलुकलाई थितिमा बसाउँदैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताएका छन्

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास