सोमबार नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने



काठमाडाैं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो ।

सो विषयमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताइन् ।

देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उनको भनाइ थियो । मन्त्री मगरले भनिन् “कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन् ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताए । आम जनताका बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्रकृतिक प्रकोपले पनि अभियानमा बाधा पु¥याएको उनले औँल्याए ।

सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो ।

अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ ।

देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई

तस्बिरमा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा वृहद योग शिविर सञ्चालन गरिएको छ

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्णः मन्त्री पाण्डे

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा

कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् ।