कक्षा ११ को परीक्षाफल प्रकाशित



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल बोर्डले मंगलबार सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए ।

तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए ।

नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन्। त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन्।

२.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् । यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् ।

यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् । बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, परीक्षार्थीले एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् । बोर्डले ग्रेड वृद्धि अर्थात् पूरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ ।

कात्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार पूरक परीक्षा हुने छ । कात्तिक ३० गते शनिबारको दिन अनिवार्य अंग्रेजीको पूरक परीक्षा हुने छ ।

यसैगरी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार

‘शिक्षकको माग करिब-करिब सम्बोधन हुनेगरी हामीले विधेयक बनाइरहेका छौँ’

काठमाडौँ । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी

शिक्षकहरूको अपेक्षा अनुरुपको शिक्षा ऐन आउन सकेन भने मुलुकको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउनसक्छ

-केशवप्रसाद भट्टराई । १. नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनलाई निर्णायक घडिमा पुर्याएको छ,

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका