बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे कारवाही गरिने



काठमाडौं । सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महीनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिकरूपमा आह्वान गर्ने र नगरे कारवाही अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारवाही दुवै प्रक्रिया अघि बढाइने बताए ।

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको बताए । उनले बढी शुल्क फिर्ता नगरे सोहीअनुरूप कारवाही अघि बढाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए ।

काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ५० हजार मात्रै शुल्क लिने गरी सरकारले सीमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’को प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ को

तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने

तनहुँ । गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने

हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको

शिक्षाको विकासमा तीनै तहका सरकारबीच समन्वय आवश्यकः शिक्षामन्त्री भट्टराई

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको विकासका लागि तीनै