के पढाउँछन् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङले नेकपाका नेता कार्यकर्तालाई काठमाडौंमा



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार काठमाडौं आइपुगेका छन्।

नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले सङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सङले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेता भेट्ने कार्यक्रम छ । सङ तीन दिन नेपाल बस्नेछन् ।

सोमबारदेखि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारात्मक अन्तरक्रिया हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुन लागेको यो अन्तरक्रियामा नेकपाको स्कुल विभाग र विदेश विभाग सहआयोजक छ ।

दुईदिने अन्तरक्रियामा चिनियाँ नेताहरूले पार्टीमा अनुशासनको व्यापक कार्यान्वयन, मध्यम आयको चिनियाँ समाज, बेल्ट एण्ड रोड लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । चिनियाँ कम्युनिष्ट पार्टी का २० र नेकपाका केन्द्रीय स्तरका २०० बढी नेताहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अलमलिएको नेपाली डेरी क्षेत्र

निरन्जन तिमिल्सेना, पाेखरा, वर्ष २०७७ नेपालको समग्र क्षेत्रको विकासको लागी बिर्सनलायक बर्ष रह्याे

एलिनाको चौहानको ‘ऐना हेरी हेरी’(भिडियोसहित)

संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ

साहिल खड्काको ‘कान्छी’ (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम्

नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट

काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के