दुईतिहाइ बहुमतप्राप्त सरकारले देशमा आतंक मात्र मच्चायोः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतप्राप्त सरकारले देशमा आतंक मात्रै मच्चाएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले संविधानको मर्म अनुसार काम गर्नै नसकेको आरोप लगाएका हुन् ।

‘जनताको सर्वोत्तम हितका लागि नेकपालाई दुईतिहाइ बहुमत दिएका थिए’, उनले भने, ‘तर सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्न लागेको छ । व्यवस्थापिकलाई खेलौना बनाउन लागेको छ।’ देउवाले सरकारमाथि निगरानी गर्ने संस्था र आयोगहरुमाथि पनि सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।

संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण र सन्तुलनको व्यवस्था गरेको भन्दै उनले भने, “तर, सरकार न्यायपालिकामाथि हस्तक्षेप गर्ने, व्यवस्थापिका संसदलाई आफ्नो खेलौना बनाउने प्रयासमा छ ।”

विकास निर्माणमा सुस्त देखिएको, नेपालको इतिहासमै ठूलो भ्रष्टाचारको घटना पछिल्लो डेढ वर्षमा भएको देउवाले बताए । वाइडबडी काण्ड, सुन काण्ड, बालुवाटारको जग्गा काण्ड भएको भन्दै सम्पूर्ण राज्यसंरचनाको भ्रष्टिकरण गर्ने काम भएको देउवाले बताए ।

“भ्रष्टाचारको कुनै पनि मुद्दामा कसैलाई उन्मुक्ति दिनु हुँदैन । छानविन आवश्यक छ । त्यसका लागि प्रतिपक्षीको सहयोग रहनेछ,” उनले भने ।

सरकारले प्रजातन्त्रविरुद्ध काम गरेको बताउँदै फेरि लड्नु पर्ने अवस्था आएको उनले बताए । उनले भने, ‘जनताको ढाड सेकिँदा पनि सरकार चुप बसेको छ। जनताका पीडा बुझ्नेतर्फ ध्यानै दिएको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम